ओखलढुंगाको मानेभन्ज्याङका मतदाताले गरेनन् मतदान
सारांश
- ओखलढुंगाको टोक्सेलस्थित मतदान केन्द्रका मतदाताहरूले मतदान बहिष्कार गरेका छन्।
- स्थानीयहरू प्रदेश सरकारले अस्पताल नबनाएको विरोधमा नो भोटमा उत्रिएका थिए।
- मुख्य निर्वाचन अधिकृतका अनुसार उक्त मतदान केन्द्रमा ७०१ मतदाता रहेका थिए।
काठमाडौँ । ओखलढुंगाको एक मतदान केन्द्रका मतदाताहरुले मतदान बहिस्कार गरेका छन् । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ को टोक्सेलस्थित मतदान केन्द्रमा मतदाताहरू मतादनमा सहभागी नभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले जानकारी दिए ।
स्थानीयले मत नहालेको खबरपछि आफू उक्त मतदान केन्द्र पुग्दा कोही पनि मतदाता उपस्थित नभएको पाइएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए ।
‘त्यहाँका मतदाता नो भोटमा उत्रिएको पाइयो । यो जानकारी आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्तलाई जानकारी गराइसकेको छु’, कोइरालाले रातोपाटीसँग भने ।
‘जनप्रतिनिधिहरू गएर मुचुल्का गरिदिनुभएको छ । कर्मचारीहररू बसिरहनुभएको छ । भरे बेलुकासम्म कर्मचारीहररूको समानुपातिक जति भोट खस्छ त्यही मुचुल्का उठाएर पठाउँछौ’, मुख्य निर्वाचन अधिकृत कोइरालाले भने ।
मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रूम्दालीले उक्त मतदान केन्द्रमा ७०१ जना मतदाता रहे पनि कोही पनि मतदानमा सहभागी नभएको बताए । उनका अनुसार प्रदेश सरकारले त्यस क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने भने पनि काम सुरू नगरेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएर मतदानमा सहभागी नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण