मोरङका ६ वटा निर्वाचन क्षेत्रमा कहाँ कति मत खस्यो ?
सारांश
- मोरङमा दिउँसो १ बजेसम्म २९.५५ प्रतिशत मतदान भएको छ।
- जिल्लाभर कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये २ लाख ३१ हजार ३९७ मत खसेको छ।
- निर्वाचन क्षेत्रअनुसार मोरङका विभिन्न क्षेत्रमा फरक-फरक प्रतिशतमा मतदान भएको छ।
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङमा दिउँसो १ बजेसम्म २९.५५ प्रतिशत मतदान भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाभर कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये २ लाख ३१ हजार ३९७ मत खसेको छ । निर्वाचन क्षेत्रअनुसार खसेको मत विवरण यसप्रकार छः
मोरङ–१
कुल १ लाख २८ हजार ५४५ मतदातामध्ये ४२ हजार ३८९ मत खसेको छ । यहाँ ३२.९८ प्रतिशत मतदान भएको छ ।
मोरङ–२
कुल १ लाख २९ हजार १८४ मतदातामध्ये ३४ हजार ७९१ मत खसेको छ । यहाँ २६.९३ प्रतिशत मतदान भएको छ ।
मोरङ–३
कुल १ लाख ५८ हजार ०५७ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार ८२३ मत खसेको छ । यहाँ २८.९९ प्रतिशत मतदान भएको छ ।
मोरङ–४
कुल १ लाख १९ हजार २५५ मतदातामध्ये ३९ हजार ३३० मत खसेको छ । यहाँ ३२.९८ प्रतिशत मतदान भएको छ ।
मोरङ–५
कुल १ लाख १० हजार १७७ मतदातामध्ये २४ हजार ४०० मत खसेको छ । यहाँ २२.१५ प्रतिशत मतदान भएको छ ।
मोरङ–६
कुल १ लाख ३७ हजार ८३२ मतदातामध्ये ४४ हजार ६६४ मत खसेको छ । यहाँ ३२.४० प्रतिशत मतदान भएको छ । जिल्लाभरका ८८८ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण