छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भएपनि हाल सबै स्थानमा मतदान सुचारु भइसकेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा थोरै समयका लागि मतदान रोकिएको थियो । तर स्थानीय प्रशासनको सक्रियता र निर्वाचन आयोगको तत्काल सहजीकरणका कारण ती समस्याहरू समाधान भइसकेका छन् ।
यसैगरी, ओखलढुङ्गा र दाङ लगायतका केही जिल्लाहरूमा मतदाताहरूले स्थानीयस्तरका केही मागहरू राखेको विषय पनि आयोगको जानकारीमा आएको उहाँले बताउनु भयो । ती स्थानहरूमा स्थानीय प्रशासनले मतदाताहरूसँग समन्वय र सहजीकरण गरिरहेको र ती विषयहरू छिट्टै समाधान हुने आयोगले जनाएको छ ।
कुनैपनि ठूला अप्रिय घटना नभएको र सानातिना समस्यालाई स्थानीय स्तरमै समाधान गरी मतदान प्रक्रियालाई निरन्तरता दिइएको आयोगको भनाइ छ । समग्रमा देशभरका सबै २३ हजार ११२ मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता भइरहेको हुनाले देशभरको शान्ति सुरक्षा र मतदानको वातावरण निकै आशालाग्दो रहेको आयोगले निष्कर्ष निकालेको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण