रुपन्देहीमा ६५ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, २० : २५
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
बुटवल । रुपन्देहीमा ६५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार ६५.६७ प्रतिशत मत खसेको हो।
कुल ६ लाख ७२ हजार ५सय २३ मतदाता रहेको रुपन्देही जिल्लामा ४लाख ४२ हजार ९६३ मत खसेको हो।
रुपन्देही क्षेत्र नम्बर १ मा ९७ हजार २११ मत खसेको छ । जुन प्रतिशतका हिसाबले ६६.२१ हो । त्यस्तै क्षेत्र नम्बर २ मा ८६ह जार ७१५ मत(६४.२१ प्रतिशत) खसेको छ । यस्तै क्षेत्र नम्बर ३ मा ९७ हजार ३८७ मत खसेको छ । जुन ६९.५४ प्रतिशत हो ।
रुपन्देही क्षेत्र नम्बर ४ मा ७६ हजार ८१२ मत खसेको छ। प्रतिशतको हिसाबले ६६.१२ हो । रुपन्देही क्षेत्र नम्बर ५ मा ८४ हजार ८३८ मत खसेको छ । जुन ६३.१० प्रतिशत रहेको निर्वाचन कार्यालयले जनाएको छ। बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण