कास्कीका तीनै क्षेत्रमा रास्वपाको अग्रता
शुक्रबार, २२ फागुन २०८२, ०६ : ५७
सारांश
- कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरूले अग्रता लिएका छन्।
- कास्की १ मा खड्कराज पौडेल (गनेस)ले अग्रता लिँदा तिलक रानाभाट र बैनबहादुर अधिकारीले पछ्याएका छन्।
- क्षेत्र नम्बर २ मा उत्तम पौडेलले अग्रता लिँदा रश्मि आचार्य र माधव प्रसाद बाँस्तोलाले पछ्याएका छन्।
पोखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन् । कास्की १ मा खड्कराज पौडेल (गनेस)ले फराकीलो अन्तर बनाएका छन् । पौडेलले १ हजार ३ सय ५४ मत सहित अग्रता लिँदा काँग्रेसका तिलक रानाभाटले ५ सय ९५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका बैनबहादुर अधिकारीको ५ सय २९ मत छ ।
क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उत्तम पौडेलले लिड गरेका छन् । उनले २ हजार ४ सय १७ मत सहित अग्रता लिँदा एमालेका रश्मि आचार्यको १ हजार २ सय १४ र काँग्रेसका माधव प्रसाद बाँस्तोलाले ७ सय १७ मत पाएका छन् ।
क्षेत्र नम्बर ३ मा रास्वपाकी बिना गुरुङ अगाडि छिन् । गुरुङले १ हजार ३ सय २३ मत पाउँदा काँग्रेसका मनोज गुरुङले ५ सय ६१ र एमालेका दामोदर बैरानीले ३ सय ३९ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण