खोटाङमा मतपेटिका बुझ्ने काम जारी, १ घण्टापछि सर्वपक्षीय बैठक हुने
काठमाडौँ। खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु हुन अझै केही समय लाग्ने भएको छ । मुख्य निर्वाचन अधिकृत फडिन्द्र पराजुलीका अनुसार अहिले विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिका बुझ्ने कार्य भइरहेको छ ।
रातोपाटीसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत पराजुलीले मतपेटिका बुझ्न अझै ४५ मिनेटदेखि एक घण्टासम्म लाग्ने जानकारी दिए। उनले भने, ‘अहिले मतपेटिका बुझ्ने काम भइरहेको छ, यो कार्य सकिन अझै केही समय लाग्छ। त्यसपछि हामी सर्वपक्षीय बैठक बोलाउँछौँ।’
सबै राजनीतिक दल र सरोकारवालाहरूको उपस्थितिमा बस्ने सर्वपक्षीय बैठकले मतगणनाको समय र प्रक्रियाबारे निर्णय गर्नेछ। सोही बैठकको सहमतिपछि मात्रै मतगणना सुरु हुने समयको टुङ्गो लाग्ने पराजुलीले स्पष्ट पारे।
’ठ्याक्कै यति बजेदेखि मतगणना सुरु हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण