भोजपुरमा १२ बजेपछि मतगणना सुरु गरिने तयारी
सारांश
- भोजपुरमा १२ बजेपछि मतगणना सुरु गर्ने तयारी छ।
- मतगणनाको समय र प्रक्रियाबारे निर्णय लिन सर्वदलीय बैठक बसिरहेको छ।
- निर्वाचन कार्यालयका अनुसार जिल्लाका सबै क्षेत्रबाट मतपेटिकाहरू सङ्कलन भइसकेको छ।
भोजपुर । भोजपुरमा १२ बजेपछिबाट मतगणना सुरु गरिने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालका अनुसार मतगणनाको समय र प्रक्रियाका बारेमा निर्णय लिन अहिले सर्वदलीय बैठक बसिरहेको छ । ११ बजेदेखि सुरु भएको उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँगको छलफलपछि मतगणनाको औपचारिक समय तय गरिनेछ ।
मुख्य निर्वाचन अधिकृत दाहालले रातोपाटीसँग कुरा गर्दै भने,‘ ‘अहिले हामी उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँग छलफल गरिरहेका छौँ । छलफल सकिएपछि मतगणनाको टुङ्गो लाग्नेछ र हामी तुरुन्तै सूचना जारी गर्नेछौँ । गणनाका लागि आवश्यक प्रतिनिधिहरूको नियुक्ति लगायतका प्राविधिक कामहरू भइरहेका छन् । सबै तयारी पूरा गरी सम्भवतः दिउँसो १२ देखि मतगणना सुरु गर्ने हाम्रो लक्ष्य छ ।
जिल्लाका सबै क्षेत्रबाट मतपेटिकाहरू सङ्कलन भइसकेको र सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
-
युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
-
बारामा सवारी दुर्घटना बढे पनि घट्यो मृत्यु हुनेको सङ्ख्या, कारबाही र राजस्वमा पनि कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण