शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभा निर्वाचन-२०८२

बागलुङ-२ मा रास्वपाको सुरूवाती अग्रता

शुक्रबार, २२ फागुन २०८२, १२ : ५१
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • बागलुङ क्षेत्र नम्बर २ मा रास्वपाका सोम शर्माले अग्रता लिएका छन्, उनले ४१६ मत प्राप्त गरेका छन्।
  • कांग्रेसका टेकराज पौडेलले २७७, एमालेकी मञ्जु चालिसेले ४९ र नेकपाका ज्ञामनाथ गैरेले १३६ मत पाएका छन्।
  • यस क्षेत्रमा देवेन्द्र पौडेलले जित्दै आएका थिए भने कुल ९५ हजार ३५३ मतदातामध्ये ४७ हजार ५४७ मत खसेको थियो।

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरूवाती अग्रता बनाएका छन् । उनले ४१६ मत पाएका छन् । नेपाली कांग्रेसका टेकराज पौडेलले २७७, एमालेकी मञ्जु चालिसेले ४९ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १३६ मत पाएका छन् ।

यस क्षेत्रमा नेकपाका देवेन्द्र पौडेलले जित्दै आएका थिए । कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो । यो परिणाम गलकोट नगरपालिका–४ स्थित खरुवा मावि मतदान केन्द्रको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप