डडेलधुरामा झिनो मतान्तरले दोस्रो स्थानमा उक्लियो कांग्रेस, रास्वपाको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १५ : १५
डडेलधुरा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका ताराप्रसाद जोशीले एक हजार २८६ मतसहित अग्रता लिएका छन् । यो निर्वाचन क्षेत्रमा ०४८ साल यताका सबै संसदीय निर्वाचनमा नेपाली कांग्रेस अपराजित रहँदै आएको थियो ।
सुरुवाती मत गणनामा तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका नैनसिंह महरले झिनो मतान्तरसहित दोस्रो स्थान कब्जा गरेका छन् । महरले ८७० मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका मान सिंह मालले ८४३ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका चक्रप्रसाद स्नेही ४७१ मतसहित चौथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले २१ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण