२२ हजार ५ सय मत गणना हुँदा ललितपुर–३ मा तोसिमाको फराकिलो अग्रता
शुक्रबार, २२ फागुन २०८२, २० : ४९
सारांश
- ललितपुर २ को मतगणनामा रास्वपाकी तोसिमा कार्कीले अग्रता लिएकी छिन्।
- हालसम्मको मतगणनामा कार्कीले १४ हजार २८५ मत प्राप्त गरेकी छन्।
- कांग्रेस, नेकपा र एमालेका उम्मेदवारहरू कार्कीभन्दा पछि परेका छन्।
ललितपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुर–२ को प्रत्यक्ष तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरसहित अग्रता लिएको छ ।
हालसम्म २२ हजार ५ सय १५ मत गणना सम्पन्न हुँदा रास्वपाकी उम्मेदवार तोसिमा कार्कीले १४ हजार २ सय ८५ मत प्राप्त गरेकी छन् ।
ललितपुर महानगरपालिकाका वडा नम्बर ३, २३, २४, २८, २९, १२ र १४ का मतदान स्थलहरूबाट प्राप्त मतपत्रहरूको गणना जारी छ ।
प्रारम्भिक नतिजाअनुसार कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा निकै ठुलो मतान्तर कायम गरेकी छन् । यहाँ नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले २७०४ मत मात्र पाएका छन् भने नेकपाका राजकाजी महर्जनले २५४९ मत पाएका छन् । एमालेका सन्दन थापा मगरले यहाँ ९३७ मत मात्र पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण