गण्डकीका ५ क्षेत्रको नतिजा: रास्वपा ३, कांग्रेस २
सारांश
- गण्डकी प्रदेशमा हालसम्म ५ सिटको टुङ्गो लाग्यो, जसमा रास्वपाले अग्रता लिएको छ।
- रास्वपाले कास्की २ र ३ तथा स्याङ्जा १ मा जित हासिल गर्यो, जसमा उत्तमप्रसाद पौडेल, विना गुरुङ र धनञ्जय रेग्मी विजयी भए।
- मुस्ताङमा योगेश गौचन र मनाङमा टेकबहादुर गुरुङ विजयी भए, भने गोरखा १ को गणना अझै सुरु भएको छैन।
पोखरा । गण्डकीमा हालसम्म ५ सिटको टुङ्गो लागेको छ । कास्कीका २, स्याङ्जा १, मनाङ र मुस्ताङको अन्तिम नतिजा सार्वजनिक भएको हो । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरेको छ । रास्वपाका ३ उम्मेदवार विजयी हुँदा काँग्रेसका २ उम्मेदवारले जितेका छन् ।
रास्वपाले कास्की २ र ३ तथा स्याङ्जा १ मा जित निकालेको हो । कास्की २ मा उत्तमप्रसाद पौडेल, ३ मा विना गुरुङ र स्याङ्जा १ मा धनञ्जय रेग्मी विजयी भएका छन् । उनीहरू तीन जनाले ठुलो अन्तरका साथ जित निकालेका हुन् । कास्की २ मा एमाले दोस्रो दल भयो भने अन्य २ क्षेत्रमा कांग्रेस दोस्रो बन्यो ।
यस्तै, मुस्ताङमा योगेश गौचन विजयी हुँदा मनाङमा टेकबहादुर गुरुङले जिते । मुस्ताङमा एमाले र मनाङमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दोस्रो भए । गोरखा १ को गणना अझै सुरु भएको छैन । बाँकी १२ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा रास्वपाले लिड गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण