सुर्खेत १ मा पूर्णबहादुर खड्काका भाइ निरन्तर अग्र स्थानमै
शनिबार, २३ फागुन २०८२, ०८ : ३१
सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले निरन्तर लिड गरिरहेका छन् ।
उनी कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइ हुन् । पूर्णबहादुरले मैदान छाड्दा दाइको विरासत जोगाउने भन्दै उनी चुनावी मैदानमा छन् ।
उनलाई नेकपा एमालेका ध्रुवकुमार शाहीले पछ्याउन खोजे पनि सकिरहेका छैनन् ।
पछिल्लो सार्वजनिक परिणाम अनुसार, ३८ हजार ४२६ मत गणना गर्दा कांग्रेसका खड्काले १४ हजार ९८२ मत पाए शीर्ष स्थानमा छन् भने एमालेका शाहीले १० हजार ३२५ मत पाएका छन् । उनीहरूको मतान्तर नै झन्डै ४ हजार फरक छ ।
यहाँ नेकपालाई पछि पार्दै रास्वपाका टेकबहादुर सिंह ८ हजार ७२९ मतसहित तेस्रो स्थानमा छन् भने नेकपाका जीतबहादुर रानाले १ हजार ३५२ मत मात्रै पाए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण