तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्लेको जित सुनिश्चित
पोखरा । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जित सुनिश्चित गरेका छन् । १४ हजार मत गणना बाँकी रहँदा १७ हजार बढी मतान्तर भइसकेको छ ।
एक लाख २६ हजार ८८२ मतदाता रहेकोमा यो क्षेत्रमा ६८ हजार १२९ मत खसेको थियो । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार रास्वपाका स्वर्णिमले ३० हजार ५ मत प्राप्त गरेका छन् ।
१७ हजार ११३ मतान्तर छ । ५३ हजार ५७८ गणना भएको हो । अब १४ हजार ५५१ मत गन्न बाँकी छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ८८७, नेकपा एमालेकी भगवती न्यौपानेले ४ हजार १८, नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले २ हजार १२५ मत पाए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ६७२, उज्यालो नेपाल पाटीका मञ्जिल रानाको ४११, श्रम संस्कृति पार्टीका काशीराम गुरुङले ८६१ मत पाएका छन् । यो क्षेत्रमा १६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण