भीआईपी होइन, जनताको सेवक बन्ने मनिष झाको घोषणा
सारांश
- रास्वपाका मनिष झाले जनकपुरधामको विकास र पहिचानलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए।
- उनले जनताको सुख-दुःखमा साथ दिने र जनकपुरको धार्मिक गरिमालाई विश्वव्यापी बनाउने बताए।
- झाले जनकपुरको सरसफाइ र पूर्वाधार विकासमा जोड दिँदै सफा र सुन्दर पर्यटकीय नगरी बनाउने योजना प्रस्तुत गरे।
धनुषा । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जनकपुरधामको विकास र पहिचानलाई नयाँ उचाइमा पुर्याउने उद्घोष गरेका छन्। जनकपुर रेल स्टेसनमा आयोजित विशेष धन्यवाद सभालाई सम्बोधन गर्दै झाले आफूलाई प्राप्त मत केवल विजयको प्रतीक मात्र नभएर गहिरो जिम्मेवारीको भारी भएको उल्लेख गरे।
_XtLZLgpVmC.jpg)
निर्वाचनको परिणाम सार्वजनिक भएपछि पहिलो पटक मतदातासामु पुगेका झाले आफू राजधानी र सत्ताको शक्तिमा अल्झिने भीआईपी नेता बन्न नआएको बरु जनताको सुख-दुःखमा साथ दिने वास्तविक प्रतिनिधिको रूपमा काम गर्ने दृढता व्यक्त गरे।
_A4oEQ8tW16.jpg)
उनले जनकपुरको ऐतिहासिक र धार्मिक गरिमालाई विश्वव्यापी बनाउन आफ्नो कार्यकालमा विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाए। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक सम्पूर्ण प्रक्रिया र लबिङलाई प्राथमिकतामा राख्ने बताउँदै उनले जनकपुरको खस्कँदो सरसफाइ अवस्थालाई सुधार्नु आफ्नो मुख्य एजेन्डा रहेको प्रस्ट पारे। सरसफाइ र पूर्वाधार विकासमा स्थानीयको सहकार्य खोज्दै उनले जनकपुरलाई सफा र सुन्दर पर्यटकीय नगरी बनाउने योजना अघि सारेका छन्।
_W8L84hWfzG.jpg)
विजयको उन्मादमा रहेका आफ्ना कार्यकर्ताहरूलाई संयमित रहन निर्देशन दिँदै झाले निर्वाचनलाई दुष्मनी नभई स्वस्थ प्रतिस्पर्धाको रूपमा लिन आग्रह गरे। उनले कसैप्रति पनि दम्भ र अहंकार प्रदर्शन नगर्न सचेत गराउँदै अबको समय सबै मिलेर क्षेत्रको विकासमा लाग्ने बेला भएको बताए। राजनीतिक प्रतिस्पर्धा निर्वाचनसँगै सकिएको र अबको यात्रा साझा समृद्धिको हुनुपर्नेमा उनको जोड थियो।
_1ZahMekgsI.jpg)
_K3UbzpJuIX.jpg)
_4FqwefBRWU.jpg)
_RU7xCbYukr.jpg)
_N7wrlbT4Rk.jpg)
_23KxU2AWK4.jpg)
_9hvbQavRcZ.jpg)
_Gy1DkbfaCa.jpg)
_cO2KcsIFjx.jpg)
_GYQLVP2toN.jpg)
_9AwffpUcg8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण