प्रतिनिधिसभा निर्वाचन
प्युठानमा कांग्रेसका पोखरेललाई हराउँदै रास्वपाका सुशान्त वैदिक निर्वाचित
शनिबार, २३ फागुन २०८२, २१ : ४०
सारांश
- प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिक निर्वाचित भए।
- उनले २७ हजार ४६९ मत ल्याएर जित हासिल गरे, कांग्रेसका पोखरेल दोस्रो भए।
- एमालेका सूर्य थापा तेस्रो र नेकपाका कृष्णध्वज खड्का चौथो स्थानमा रहे।
प्युठान । प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक निर्वाचित भएका छन् । उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्राडा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत पाएका छन्।
नेकपा एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो स्थान प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थान प्राप्त गरेका छन् । यसअघि यहाँ एमालेका थापा निर्वाचित भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण