एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
सारांश
- एनआरएनएको १२औँ महाधिवेशन नजिकिँदै गर्दा काठमाडौंमा चुनावी चहलपहल बढेको छ।
- अध्यक्षका आकांक्षी रोविन शेरचन जापानबाट काठमाडौं आइपुगेका छन्, उनलाई स्वागत गरिएको थियो।
- विवादका बाबजुद तोकिएकै मितिमा महाधिवेशन गर्ने निर्णय भएको छ, जसमा शेरचन र शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएसँगै काठमाडौँमा चुनावी चहलपहल तीव्र बनेको छ।
फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका छन्।
संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन ।
यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन शनिबार जापानबाट काठमाडौँ आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताहरूले स्वागत गरेका थिए। शेरचनका साथै अन्य देशका कैयौँ प्रतिनिधिहरू पनि महाधिवेशनमा भाग लिन नेपाल आइसकेका छन्।
विशेषगरी एनआरएनएको डेलिगेट्स चयन लगायतका प्राविधिक र कानुनी विषयमा सहमति नजुट्दा तोकिएको समयमा महाधिवेशन हुने कि नहुने भन्ने विषयमा अझै अन्योलता कायम छ। अध्यक्षका उम्मेदवार शेरचनले पनि विवादित विषयहरूलाई पहिले सम्बोधन गरेर मात्रै एकताको महाधिवेशन गरिनुपर्ने अडान राख्दै आएका छन्। उनले केही दिनअघि मात्रै संस्था बचाउन र एकता कायम गर्न एक सार्वजनिक अपिल समेत जारी गरेका थिए।
यसैबीच, शनिबार नै एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को बैठक बसेको छ। बैठकमा मध्यपूर्वको तनाव लगायतका समस्याका कारण अनलाइनबाटै उम्मेदवारी दर्ता गर्ने विशेष व्यवस्थाबारे छलफल भएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउने निर्णय भएको छ।
बैठकमा सहभागी अधिकांश अभियन्ताहरूले विवाद समाधान नभए अक्टोबरमै महाधिवेशन सार्न वा सहमतिका आधारमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए। यद्यपि, अध्यक्ष बद्री केसीले भने तोकिएकै मितिमा महाधिवेशन गर्ने निर्णय गराएका छन्।
नयाँ नेतृत्वका लागि रोविन शेरचन र वर्तमान उपाध्यक्ष हेमराज शर्माबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
शेरचनले आफू सबैलाई मिलाउन सक्ने साझा व्यक्ति भएको भन्दै अहिलेको अवस्थामा चुनाव नगरी आफ्नो नाममा सहमति गरिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण