बार्सिलोनाको कठिन जितः शीर्ष स्थानमा अग्रता कायमै
आइतबार, २४ फागुन २०८२, ०४ : १२
काठमाडौँ। आइतबार बिहान सम्पन्न स्पेनिस ला लिगाअन्तर्गतको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबमाथि १–० को कठिन जित दर्ता गरेको छ ।
लामिन यमालले ६८औं मिनेटमा गरेको एक मात्र गोल बार्सिलोनालाई शीर्ष स्थानमा अग्रता फराकिलो पार्न पर्याप्त भयो । एथ्लेटिक क्लबले गोल फर्काउने अवसर पाए पनि हार टार्न सकेन ।
सब्सिच्युट खेलाडी पेड्रीको पासमा यमलले निर्णायक गोल गरे । यो जितसँगै बार्सिलोनाले २७ खेलबाट ६७ अंक बनाएको छ भने समान खेलबाट रियल मड्रिडको ६३ अंक छ ।
शनिबार राति भएको अर्को खेलमा तेस्रो स्थानको एट्लेटिको मड्रिडले रियल सोसिडाडसँग ३–२ गोलअन्तरको जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण