काठमाडौँमा बढ्यो वायु प्रदूषण, आकाश धुम्म (फोटो फिचर)
सारांश
- काठमाडौं उपत्यकाको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ।
- विश्वका प्रदूषित शहरहरूमध्ये काठमाडौं उपत्यका तेस्रो स्थानमा परेको छ।
- प्रदूषणका कारण बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। पछिल्ला केही दिनदेखि घाम राम्रोसँग नलाग्नु र वायुमण्डलमा रहेका फोहोरका कणहरू सतहमा झर्ने क्रम बढेसँगै वायु प्रदूषण बढेको हो।
वायु गुणस्तर मापन गर्ने संस्था आइक्यु एयरका अनुसार हाल काठमाडौँ उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये तेस्रो स्थानमा परेको छ। वायुमण्डलमा धुलो, धुँवा तथा अन्य प्रदूषक कणहरूको मात्रा बढ्दै जाँदा वायुको गुणस्तर खस्किएको जनाइएको छ।
प्रदूषण बढेसँगै उपत्यकाको आकाश धुम्म देखिन थालेको छ भने टाढाका डाँडाकाँडा प्रष्ट देखिन छाडेका छन्। वायु प्रदूषण बढ्दा श्वासप्रश्वास सम्बन्धी समस्या हुने जोखिम पनि बढ्ने भएकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।
विशेषज्ञका अनुसार वर्षा नहुनु, सवारीसाधनको धुँवा, निर्माण कार्यबाट उड्ने धुलो तथा डढेलोका कारण पनि उपत्यकामा वायु प्रदूषण बढ्ने गरेको छ। अहिलेको अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर कम निस्किन र मास्क प्रयोग गर्न पनि सुझाव दिइएको छ।
_E56DPI7Mn0.jpg)
_uorplVDdVp.jpg)
_QX2kmxsmRD.jpg)
_N9NwUpdLV1.jpg)
_fgjX864xaH.jpg)
_iDdPIPqKvf.jpg)
_nMzQckPBzV.jpg)
_lgaY1VrMVa.jpg)
_dgp6vGiwvJ.jpg)
_So1hQZjuvN.jpg)
_oFpQ53UJyH.jpg)
_D5Qk83PiuX.jpg)
_G05MGooIy0.jpg)
_AFuPVszzJ5.jpg)
_g5uZ7Nv6EB.jpg)
_f4dnaWEh4r.jpg)
_ZsVbraykwq.jpg)
_bpTbMr85lt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण