समानुपातिकतर्फ ४४ लाख मत गणना हुँदा कुन दलले कति पाए ?
सारांश
- प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ।
- नेपाली कांग्रेसले ७ लाख ४२ हजार ९०४ मत र नेकपा एमालेले ६ लाख ३२ हजार १६२ मत प्राप्त गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख एक हजार ९३३ मत गणना भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म समानुपातिकतर्फ २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ । रास्वपाले गणना भएको मतको ४९.३४ प्रतिशत मत प्राप्त गरेको हो ।
यस्तै, नेपाली कांग्रेसले ७ लाख ४२ हजार ९०४ मत प्राप्त गरेको छ । यो सङ्ख्या अहिलेसम्म गणना भएको मतको १६.८८ प्रतिशत हो ।
नेकपा एमालेले अहिलेसम्म ६ लाख ३२ हजार १६२ मत प्राप्त गरेको छ । एमालेले १४.३६ प्रतिशत मत प्राप्त गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले ६.७० प्रतिशत अर्थात् २ लाख ९४ हजार ९०० मत प्राप्त गरेको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.६१ प्रतिशत अर्थात् एक लाख ५८ हजार ८३० मत प्राप्त गरेको छ ।
श्रम संस्कृति पार्टीले एक लाख २ हजार ६६० मत अर्थात् २.३३ प्रतिशत मत प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण