मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप

उपाधिका लागि न्युजिल्याण्डसामु कीर्तिमानी लक्ष्य

आइतबार, २४ फागुन २०८२, २१ : ०१
आइतबार, २४ फागुन २०८२

अहमदाबाद । टी–२० विश्वकप २०२६ को फाइनल खेलमा भारतले न्युजिल्याण्डसामु जितका लागि कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५  विकेटको क्षतिमा २ सय ५५ रन बनाएको हो ।

कुनै पनि टोलीले फाइनल खेलमा बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि भारतले नै सन् २०२४ मा दक्षिण अफ्रिकाविरुद्ध १७६ रन बनाएको थियो ।भारतलाई ओपनरद्वय सञ्जु सामसन र अभिषेक शर्माले सानदार सुरुवात दिलाए । दुवैले मात्र ७।१ ओभरमा ९८ रनको साझेदारी गरे । शर्मा ५२ रन बनाएर आउट भए । उनले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । 

त्यसपछि सामसनले ईशान किशनसँग मिलेर शतकीय साझेदारी गरे । उनीहरुले ४८ बलमा १०५ रन जोडे । भारत विशाल योगफल तर्फ बढिरहँदा जिमी निसमले १६ औँ ओभरमा ३ विकेट लिँदै भारतको गतिमा ब्रेक लगाए ।

सो ओभरमा सामसन ४६ बलमा ८९ रन जोड्दै पभेलियन फर्किए । उनले ५ चौका र ८ छक्का प्रहार गरे । लगत्तै, किशन पनि २५ बलमा ५४ रन जोडेर आउट भए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । कप्तान सूर्यकुमार यादव पनि सोही ओभरमा गोल्डन डक भए ।

त्यसपछि हार्दिक पाण्ड्याले टोलीलाई केही गति दिन प्रयास गरे पनि  १३ बलमा १ चौका र १ छक्काको मद्दतले १८ रन बनाउँदै पभेलियन फर्किए । खेलको अन्त्यतिर शिवम दुवेले २६ रन तथा तिलक वर्माले ८ रन बनाए ।
न्युजिल्याण्डका लागि जिमी निसमले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । रचिन रवीन्द्र र म्याट हेनरीले १/१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप