अब सुशीला कार्कीलाई राष्ट्रपति बनाउनु पर्छ : महावीर पुन
सारांश
- पूर्व शिक्षामन्त्री महावीर पुनले सुशीला कार्कीलाई नयाँ राष्ट्रपतिका लागि प्रस्ताव गरेका छन्।
- उनले सामाजिक सञ्जालमार्फत कार्कीलाई राष्ट्रपतिमा मनोनयन गर्न उपयुक्त हुने धारणा राखेका हुन्।
- पुनले कार्कीको कुशल नेतृत्व र निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै प्रशंसा गरे।
काठमाडौँ। पूर्व शिक्षामन्त्री एवं हालै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित महावीर पुनले अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई आगामी नयाँ राष्ट्रपतिका रूपमा प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले कार्कीलाई राष्ट्रपतिमा मनोनयन गर्न उपयुक्त हुने धारणा सार्वजनिक गरेका हुन् ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेको र राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक मत प्राप्त गरिरहेको सन्दर्भ जोड्दै पुनले यस्तो प्रस्ताव अघि सारेका हुन्। वर्तमान राष्ट्रपतिको कार्यकाल सकिएपछि रिक्त हुने पदमा कार्कीलाई ल्याउनुपर्ने उनको भनाई छ ।
पुनले भने छ, ‘देश अस्तव्यस्त र सङ्कटपूर्ण अवस्थामा रहेको बेला उहाँले कुशल नेतृत्व सम्हाल्नुभएको थियो । धेरैले आशङ्का गरे पनि उहाँले सफलतापूर्वक निर्वाचन गराएर देखाउनुभयो । उहाँको त्यस्तो साहस र नेतृत्वलाई कदर गर्दै अब राष्ट्रपति पदमा उहाँजस्तो योग्य व्यक्तिलाई मनोनयन गर्नु उचित हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण