पूर्वआईजीपी खापुङलाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस
सारांश
- जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ।
- प्रहरीले गोली चलाउँदा खापुङ प्रहरी महानिरीक्षक थिए र उनले अधिक बल प्रयोग गर्ने आदेश दिएको आरोप छ।
- आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रजिअलाई मुद्दा चलाउन सिफारिस गरेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शन र उच्छृङ्खल गतिविधिबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाउँदै खापुङलाई पनि फौजदारी कानुन अनुसार अनुसन्धान गरेर अभियोजन गर्नुपर्ने राय दिएको हो ।
काठमाडौँको नयाँ बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी प्रहरीले गोली चलाउँदा खापुङ प्रहरी महानिरीक्षक थिए । लेथल हतियार प्रयोग गरेर अधिक बल प्रयोग गर्ने आदेश आईजीपी चन्द्रकुबेर खापुङले दिएको फिल्डमा खटिएका अधिकृतहरू बताउँछन् ।
अघिल्लो दिन अधिक बल प्रयोग भएसँगै आक्रोशित प्रदर्शनकारीले भोलिपल्टको विध्वंस मच्चाएको विश्लेषण गरिएको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रजिअ छविलाल रिजाललाई फौजदारी कानुन अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।
गृह मन्त्रालयको तथ्यांकअनुसार भदौ २३ र २४ मा गोली लागेर देशभर ३९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको छ । गोली लागेर ज्यान गुमाएका ३४ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।
भदौ २३ मा करिब १ बजेतिर आईजीपी खापुङले प्रहरी सञ्चार सेट (वाकीटकी) बाट गोली चलाउन आदेश गरेका हुन् । प्रदर्शनकारी संसद् भवनमा केन्द्रित भएपछि खापुङले गोली चलाउन आदेश दिएको फिल्डमा खटिएका अधिकृतहरू बताउँछन् । खापुङको भनाइ उद्धृत गर्दै एक जना अधिकृतले भने– ‘संसद् भवन घेरिसकेका छन्, के हेरेको ? गोली चलाउ ।’
जाँचबुझ आयोगले जिल्ला सुरक्षा समिति काठमाडौँका पदाधिकारीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको आयोगका एक जना सदस्यले रातोपाटीलाई बताए । उनले भने– ‘जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा र अरूलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण