‘अस्तित्व संकट’बिच इरानमा नयाँ सर्वाेच्च नेताले सम्हाले सत्ता
सारांश
- इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्यापछि उनका छोरा मोज्तबा खामेनीले सत्ता सम्हालेका छन्।
- अमेरिका र इजरायलको संयुक्त आक्रमणका कारण इरान गम्भीर संकटमा परेको छ, विश्लेषकहरूले बताएका छन्।
- नयाँ नेता मोज्तबा खामेनी कडा धारका नेता हुने सम्भावना रहेको र उनले परिवारका सदस्य गुमाएका थिए।
तेहरान । इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्यापछि उनका माइला छोरा मोज्तबा खामेनीले सत्ता सम्हालेका छन् । अमेरिका र इजरायलले मिलेर इरानको नामो निशान मेटाउन एकपछि अर्को गर्दै आक्रमण गरिरहेको समयमा सत्ताको बागडोर मोज्बताको हातमा छन ।
मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इरान अहिले आफ्नो इतिहासकै गम्भीर अवस्थामध्ये एकमा पुगेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।
ओमानका लागि पूर्व अमेरिकी राजदूत गेरी ग्राप्पोका अनुसार नयाँ सर्वाेच्च नेता मोज्तबा खामेनेई कडा धारका (हार्डलाइनर) नेता हुने सम्भावना धेरै छ । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मोज्बताले पिता मात्रै नभएर घरपरिवारका कयौं सदस्य समेत गुमाएका थिए ।
सीएनएनसँग कुरा गर्दै ग्राप्पोले भने, ‘इरानले सन १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भएयता अहिले जस्तो संकट कहिल्यै भोगेको थिएन ।’ यस्तोमा मोज्तबा खामेनीसँग राम्रो सुरुवात हुने अपेक्षा गर्न नसकिने ग्राप्पो भन्छन् । ‘उनी निश्चित रूपमा कडा धारका नेता हुन् र अहिले इरानले आफ्नो ४७ वर्षे इतिहासमै नदेखिएको अस्तित्वगत संकटको सामना गरिरहेको छ ।’ ग्राप्पोेले भने । सन १९७९ को इरानी क्रान्तिपछि इरानमा इस्लामिक गणतन्त्र स्थापना भएको थियो ।
अमेरिका र इजरायलका आक्रमणमा मोज्तबा खामेनेईले आफ्ना पितालगायत परिवारका केही सदस्य गुमाएकोले उनको राजनीतिक दृष्टिकोण अझ कडा बन्न सक्ने ग्राप्पो भन्छन् । यसअघि कुनै औपचारिक सरकारी पद नसम्हालेको भएपनि मोज्तबा इरानको शक्तिशाली व्यक्तित्वमध्ये एक मानिन्थे । ग्राप्पोका अनुसार उनले लामो समयसम्म आयतुल्ला खामेनीको कार्यालय सञ्चालन गरेका थिए ।
‘उनी वास्तवमा आफ्ना पिताको कार्यालयका प्रमुख जस्तै थिए । उनको पहुँच गुप्तचर निकाय, आर्थिक नीति, सुरक्षा नीति, राजनीतिक तथा धार्मिक मामिलासम्म थियो,’ ग्राप्पोले बताए । विश्लेषकहरूका अनुसार यस्तो पृष्ठभूमिका कारण मोज्तबा खामेनेईले अब इरानको सैन्य, राजनीतिक र धार्मिक संरचनामा कडा नियन्त्रण कायम गर्ने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण