सुदूरपश्चिममा मितेरी पार्टीका तीन उम्मेदवारले १० भोट पनि कटाउन सकेनन्
सारांश
- सुदूरपश्चिम प्रदेशमा चुनाव लडेका २०६ उम्मेदवारमध्ये ३ जनाले १० भोट पनि पाएनन्।
- १० भोट कटाउन नसक्ने उम्मेदवारहरू मितेरी पार्टी नेपालका थिए।
- कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा मितेरी पार्टीका उम्मेदवारले कम मत ल्याए।
धनगढी । सुदूरपश्चिम प्रदेशमा चुनावी मैदानमा उत्रिएका २०६ जना उम्मेदवारमध्ये ३ जनाले १० भोटसमेत पाउन नसकेको पाइएको छ। १० भोट पनि पुर्याउन नसक्ने यी तीनै जना उम्मेदवार मितेरी पार्टी नेपाल पार्टीका हुन्।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार कैलाली क्षेत्र नम्बर २ मा मितेरी पार्टी नेपालकी उम्मेदवार सम्झना विष्ट थापाले जम्मा २ भोट मात्र पाएकी छन्। यस क्षेत्रमा विजेता उम्मेदवारले १९ हजारभन्दा बढी मत ल्याएर जित हासिल गर्दा उनले भने सबैभन्दा कम २ मत मात्रै पाएकी हुन्।
त्यसैगरी, कैलालीकै क्षेत्र नम्बर ५ मा पनि सोही पार्टीकी अर्की उम्मेदवार राधिका कुमारी कार्कीको अवस्था उस्तै रह्यो। उनले चुनावमा पनि जम्मा ३ भोट मात्र पाइन्। यहाँ विजेताले ३१ हजार बढी भोट पाएको थियो।
उता कञ्चनपुर क्षेत्र नम्बर ३ मा उठेका मितेरी पार्टी नेपालकै अर्का उम्मेदवार करन थापाले पनि जम्मा ६ भोट मात्रै प्राप्त गरेका छन्। त्यहाँ जित्ने उम्मेदवारले २७ हजार बढी भोट पाएका थिए।
यस पटकको चुनावमा साना दलहरूले महिला उम्मेदवारहरूलाई अघि सारेर चुनावी मैदानमा पठाए पनि उनीहरूले भोट पनि पाउन सकेनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण