भरुवा बन्दुकसहित एक जना पक्राउ
मङ्गलबार, २६ फागुन २०८२, १२ : ५८
सारांश
- सङ्खुवासभाको भोटखोला गाउँपालिकामा १ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सोही स्थानका धनमान विश्वकर्मा रहेका छन्।
- प्रहरीले विशेष सूचनाको आधारमा उनको घरबाट बन्दुक फेला पारेको हो, र थप अनुसन्धान भइरहेको छ।
सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका- ४ स्थितबाट १ नाल भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका धनमान विश्वकर्मा रहेका छन् ।
फागुन २५ गते धनमान विश्वकर्माले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा उनले आफ्नै घरभित्र लुकाइराखेको अवस्थामा १ थान भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण