बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

आधार इलाकामै एमाले र नेकपाको शून्य सिट

मङ्गलबार, २६ फागुन २०८२, १५ : २०
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • गण्डकी प्रदेशमा नेकपा एमालेको स्थिति कमजोर रह्यो, गत निर्वाचनको तुलनामा सिट संख्या घट्यो।
  • गोरखा र बागलुङमा नेकपाले नराम्रो नतिजा निकाल्यो, कतिपय क्षेत्रमा तेस्रो स्थानमा चित्त बुझायो।
  • नेपाली कांग्रेसले पनि गण्डकीमा कमजोर प्रदर्शन गर्‍यो, गत चुनावको तुलनामा सिट संख्यामा गिरावट आयो।

पोखरा । गण्डकी प्रदेश नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको आधार क्षेत्र हो । गत निर्वाचनमा साविक नेकपा माओवादी(हाल नेपाली कम्युनिस्ट पार्टी), नेपाली कांग्रेस, एकीकृत समाजवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी मिल्दा पनि ५ सिट जितेको एमाले अहिले निल भयो । गत चुनावमा एमालेले कास्कीका तीन वटै क्षेत्र, लमजुङ र पर्वतमा बाजी मारेको थियो । अहिले एमाले धेरै क्षेत्रमा तेस्रो बन्यो । 

अघिल्लो पटक जितेको कास्की १ र ३ तथा पर्वतमा तेस्रो बनेको हो । लमजुङमा झिनो अन्तरले दोस्रो बन्यो भने कास्की २ मा पनि दोस्रो भयो । एमाले गण्डकीका अरू क्षेत्रमा पनि राम्रो नतिजा(रिजल्ट) निकाल्न सकेन । नवलपुर २, म्याग्दी र मुस्ताङमा दोस्रो बन्नु बाहेक एमालेले अरू क्षेत्रबाट तेस्रोको नतिजा निकाल्यो। 

कसैसँग नमिल्दा पनि चुनाव जित्न सक्ने गोरखामा नेपाली कम्युनिस्ट पार्टी यसपालि नराम्रोसँग पराजित भयो । सबै दल एक्ला एक्लै चुनाव लड्दा पनि नेकपा गोरखाका दुवै क्षेत्रमा तेस्रो भयो ।

गत चुनावमा गठबन्धनबाट गोरखा २ मा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए । अहिले बौद्धिक नेता मानिएका लेखनाथ न्यौपाने कांग्रेसका प्रकाशचन्द्र दवाडी भन्दा पछाडि परे। 

अघिल्लो चुनाव जितेको बागलुङ २ मा पनि नेकपा तेस्रो भयो । गण्डकीका कुनै पनि क्षेत्रमा नेकपाले दोस्रो स्थान समेत पाएको छैन ।

त्यसो त, नेपाली कांग्रेसका लागि पनि यो चुनाव विर्सनलायक रह्यो । गत चुनावमा १० सिट (उपचुनाव बाहेक) जितेको कांग्रेस अहिले २ सिटमा खुम्चियो । धेरै क्षेत्रमा काँग्रेस दोस्रो भएको छ । बागलुङ २ मा ७ सय ७९ मतले मात्रै हारेको कांग्रेस अरू क्षेत्रमा भने निकै पछि पर्‍यो । 

मनाङ र मुस्ताङमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन एक्लै सबै दलका लागि भारी परे । उनलाई रास्वपाले सहयोग गरेको थियो । बाँकी १५ सिटमा रास्वपाले एकछत्र जित निकाल्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप