कस्तो छ सलमानका पिता सलिमको स्वास्थ्य अवस्था ?
सारांश
- सलिम खान, ८८ वर्षीय, विगत २१ दिनदेखि मुम्बईको अस्पतालमा उपचाररत छन् र स्वास्थ्यमा सुधार आएको छ।
- स्वास्थ्य अवस्था स्थिर रहेमा उनी ३-४ दिनभित्र डिस्चार्ज हुने सम्भावना रहेको अस्पतालले जनाएको छ।
- उनलाई १७ फेब्रुअरीमा मस्तिष्क सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो र आईसीयूमा राखिएको थियो।
मुम्बई । अभिनेता सलमान खानका पिता सलिम खानको स्वास्थ्यमा सुधार आएको छ । मुम्बईको लीलावती अस्पतालमा विगत २१ दिनदेखि उपचारत ८८ वर्षीय खान अबको ३ देखि ४ दिनभित्र डिस्चार्ज हुन सक्ने अस्पतालले जनाएको छ ।
बलिउड मिडियाका अनुसार सलिम खान तीव्र गतिमा निको भइरहेका छन् । यदि स्वास्थ्य अवस्था यसरी नै स्थिर रहेमा उनलाई यसै हप्ताको अन्त्यसम्म घर पठाइनेछ ।
गत १७ फेब्रुअरीमा मस्तिष्क सम्बन्धी समस्या देखिएपछि सलिमलाई बिहान साढे ८ बजे लीलावती अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई केही समय आइसियु र भेन्टिलेटरमा समेत राखिएको थियो ।
अस्पतालका डा. जलील पारकरका अनुसार उनको ‘डिजिटल सब्स्ट्र्याक्सन एन्जियोग्राफी’ गरिएको थियो । यो कुनै ब्रेन सर्जरी नभई मस्तिष्कका नसाहरूमा रहेको ब्लकेज र अवस्था जाँच गर्ने एक आधुनिक प्रविधि हो ।
सलिमको जन्म २४ नोभेम्बर १९३५ मा भएको हो । उनले सन् १९६० को दशकमा फिल्म ‘बारात’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । करिब दुई दर्जन फिल्ममा अभिनय गरेपछि उनले आफ्नो रुचि अभिनयमा भन्दा लेखनमा बढी भएको महसुस गरे । त्यसपछि उनी बलिउडको सफल पटकथा लेखक (स्क्रिप्ट राइटर) बनेर चिनिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण