जिपले च्यापेर चालकको मृत्यु
मङ्गलबार, २६ फागुन २०८२, १५ : ४८
लमजुङ । जिपले च्यापेर दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ । सोही गाउँपालिका–४ लामीडाँडामा ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।
उनका अनुसार आमा समूहको भवन नजिकै जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न खोज्दा जिप गुडेर पछाडिको भागले च्यापेर छाती र हातमा चोट लागेर घाइते भएका थिए । तत्काल स्थानीयले उद्धार गरी सोही जिपमा बेँसीसहर नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल बेँसीसहरमा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण