अमेरिका र इजरायली आक्रमणमा १९३ बालबालिकाको मृत्यु
काठमाडौँ । अमेरिका र इजरायलले गरेको आक्रमणका कारण हालसम्म इरानमा १९३ जना बालबालिकाको मृत्यु भएको इरान सरकारले जनाएको छ ।
मृतकमा ८ महिनाकी शिशु समेत रहेको बताइएको छ । सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाका तस्बिर राखिएको बोर्ड अगाडि उभिँदै उक्त जानकारी दिएकी हुन् । उनका अनुसार युद्धका क्रममा ४ महिनाको अर्को शिशु गम्भीर घाइते भएका छन् ।
इरानी समाचार संस्था मेहरका अनुसार मोहाजेरानीले युद्धका क्रममा स्वास्थ्य तथा चिकित्सासम्बन्धी संरचनामाथि पनि आक्रमण भएको आरोप लगाएकी छन् ।
उनका अनुसार हालसम्म भएका आक्रमणमा ११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । ५२ वटा स्वास्थ्य सेवा इकाइ प्रभावित भएका छन् । २९ वटा चिकित्सा केन्द्र क्षतिग्रस्त भएका छन् भने १९ वटा आपतकालीन सेवा केन्द्र आक्रमणको निशानामा परेका छन् ।
त्यसैगरी १६ वटा एम्बुलेन्समाथि आक्रमण भएको छ । तीमध्ये ४ वटा एम्बुलेन्स पूर्ण रूपमा ध्वस्त भएको र एउटा उद्धार हेलिकोप्टर पनि नष्ट भएको इरान सरकारले जनाएको छ । इरानले अमेरिका र इजरायललाई नागरिक तथा स्वास्थ्य संरचनामाथि आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण