नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मङ्गलबार, २६ फागुन २०८२, १७ : ०३
सारांश
- अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध मुद्दा दायर गरेको छ।
- असई मुक्त नारायण श्रेष्ठले नक्कली मार्कसिट र माइग्रेसन सर्टिफिकेट पेश गरेको अनुसन्धानबाट खुलेको छ।
- आयोगले श्रेष्ठमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको मागदाबी गरेको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) मुक्त नारायण श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको सञ्चार शाखामा कार्यरत श्रेष्ठले असई पदमा बढुवा हुनका लागि भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट सन् १९९९ मा जारी भएको भनिएको नक्कली मार्कसिट र माइग्रेसन सर्टिफिकेट पेस गरेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ ।
झुट्टा तथा नक्कली प्रमाणपत्रका आधारमा बढुवा भई नेपाल सरकारबाट तलब, भत्ता र अन्य सुविधा लिएको पुष्टि भएपछि आयोगले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कैद र जरिवानाको मागदाबी गर्दै मंगलबार आरोपपत्र दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण