चुनावी समीक्षाका लागि सिके राउतले बोलाए बैठक
सारांश
- डा. सिके राउतको जनमत पार्टीले चुनावको समीक्षाका लागि दुई चरणमा बैठक गर्ने भएको छ।
- पार्टीले केन्द्रीय सचिवालय, उम्मेदवार र पर्यवेक्षकहरूसँग छुट्टाछुट्टै छलफल गर्ने योजना बनाएको छ।
- भर्चुअल बैठकमा चुनावको समीक्षा, चुनावी रणनीति र आगामी कार्यदिशाबारे छलफल हुनेछ।
काठमाडौँ । फागुन २१ सम्पन्न चुनावको समीक्षाका लागि डा.सिके राउत नेतृत्वको जनमत पार्टीले दुई चरणमा बैठक आयोजना गर्ने भएको छ । पार्टीले केन्द्रीय सचिवालयदेखि लिएर उम्मेदवार तथा पर्यवेक्षकहरूसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेको हो ।
जनमत पार्टीले यो चुनावमा एक सिट पनि जित्न सकेन । पार्टीका अनुसार आज केन्द्रीय सचिवालयको बैठक बस्नेछ । त्यसपछि उम्मेदवार तथा पर्यवेक्षकहरूसँग अनलाइनमार्फत निर्वाचन समीक्षा बैठक राखिएको छ । भर्चुअल बैठकमा चुनावमा सहभागी उम्मेदवार र पर्यवेक्षकहरूले आफ्नो अनुभव तथा चुनावी अवस्था बारे रिपोर्ट प्रस्तुत गर्ने जनमत पार्टीले जनाएको छ ।
यसैगरी, भोलि केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बिहान ११ः०० बजेदेखि सुरु हुने उक्त बैठक भर्चुअलको माध्यमबाट सञ्चालन हुने जनाइएको छ । बैठकमा केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद्का सदस्य तथा प्रदेश समन्वय समितिका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
बैठकमा हालै सम्पन्न निर्वाचनको समग्र समीक्षा, चुनावी रणनीति, सङ्गठनको अवस्था तथा आगामी राजनीतिक कार्यक्रम बारे विस्तृत छलफल हुने बताइएको छ । साथै, निर्वाचनबाट प्राप्त अनुभवका आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने विषयमा पनि निर्णय हुन सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण