५०१ जनाको निर्वाचन परिचालन समिति, भोट ११३ मात्रै
सारांश
- तनहुँमा दीपकराज जोशीले चुनावमा स्वतन्त्र उम्मेदवारी दिए, तर जम्मा ११३ मत मात्रै पाए।
- जोशीले चुनाव जित्न दुई वटा समिति बनाए र ६ हजारभन्दा बढी मत ल्याउने आकलन गरिएको थियो।
- चुनावमा जोशीले ५ लाख ४९ हजार ५ सय रुपैयाँ खर्च गरे।
पोखरा । चुनावको मिति १५ दिन पनि बाँकी नहुँदा तनहुँमा दीपकराज जोशीले एउटा भेला राखे आफ्ना समर्थकको । बाबुले लामो समय कांग्रेसको राजनीति गरेर बाहिरिएपछि तनहुँमा जोशी परिवारको छुट्टै प्रभाव छ ।
२०७९ को चुनावमा लड्दा गोविन्दराज जोशीले करिब ७ हजार मत ल्याए । त्यही बलमा हरेक चुनाव जोशी परिवारको वरपर घुम्थ्यो । यसपालि जोशी परिवारले निधो गर्यो, चुनावमा अरूलाई नसघाउने आफैँ उठ्ने ।
एमालेसँग मिलेर पनि ब्यासको मेयर हारेका दीपक जोशी स्वतन्त्र रूपमा तनहुँ– १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । चुनाव जित्न उनले फागुन पहिलो साता भेला राखेर दुई वटा समूह गठन गरे । एउटा मूल समिति र अर्को बुथ प्रतिनिधि परिचालन ।
मूल समितिमा ५ सय १ सदस्य थिए भने बुथ परिचालन समितिमा ६ सय १२ जना थिए । ४२ वटा वडा रहेको यहाँ जोशीले ६ हजारभन्दा बढी मत ल्याउने आकलन धेरैको थियो । चुनाव सकियो, मतगणना पनि भ्याइयो ।
तर, जोशीले जम्मा १ सय १३ मत पाए । प्रचारमा हिँडेका ३ सय ८८ जनाले उनलाई मत दिएनन् । बुथ प्रतिनिधि परिचालन गरेका पनि ४ सय ९९ जनाले उनलाई मत दिएनन् । जोशीले यो चुनावमा ५ लाख ४९ हजार ५ सय रुपैयाँ खर्च विवरण बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण