बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले उपमहासचिव योगेश भट्टराईलाई गण्डकीका मन्त्री पाठकले एजेन्ट भनेपछि...

बुधबार, २७ फागुन २०८२, २२ : १०
बुधबार, २७ फागुन २०८२

सारांश

  • एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको एजेन्डा अघि सारेका छन्, नेतृत्व तयार नभए अप्रिय निर्णय लिने बताए।
  • गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठकले भट्टराईलाई अमुक शक्ति केन्द्रको एजेन्टको आरोप लगाएका छन्।
  • पाठकले भट्टराईको टिप्पणीलाई अराजक र अनुशासनहीन भएको बताएका छन्, उनी अध्यक्ष केपी शर्मा ओली निकट हुन्।

पोखरा । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावी समीक्षा गर्दै नेतृत्वको राजीनामा र पार्टी पुनर्गठनको एजेन्डा सुरु गरेका छन् । उनले विभिन्न मिडियाहरूमा आफ्ना विचार राख्दै पार्टीलाई पुनर्गठन गर्ने र नेतृत्व त्यसका लागि तयार नभए अप्रिय निर्णय लिने बताएका थिए । 

सोही सन्दर्भलाई लिएर गण्डकीका स्वास्थ्य मन्त्री तथा एमाले नेता कृष्ण पाठकले उनलाई अमुक शक्ति केन्द्रबाट सञ्चालित एजेन्ट भन्दै आरोप लगाएका छन् । उनले पार्टी करेक्सन हुनुपर्ने भए पनि भट्टराईले गरेको टिप्पणी गलत भएको बताए । 

‘एमाले करेक्सन हुनुपर्छ र हुन्छ पनि । तर योगेश जस्तो अराजक, असहिष्णु, चरम पूर्वाग्रही र एमाले सक्न अमुक शक्तिकेन्द्रबाट सञ्चालित एजेन्टको अराजक अभिव्यक्तिलाई अनुशासनको दायरामा तान्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । पाठक अध्यक्ष केपी शर्मा ओली निकटका हुन् ।

649824268_939343718778236_1674418452892155319_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप