घटना भएको ९ मिनेटमै अस्पताल पुर्याइएको थियो थापालाई
सारांश
- नेकपा एमालेको निर्वाचन समीक्षा बैठकमा नेता कृष्ण थापालाई हृदयघात भयो र ९ मिनेटमै अस्पताल लगियो।
- समीक्षा बैठकमा आफ्ना भनाइ राखेर कुर्सीमा बस्ने बित्तिकै उनी ढलेका थिए, जसलाई नेताहरूले अस्पताल लगे।
- उनले टिकट वितरण र चुनावमा भएको पराजयबारे गुनासो गरेका थिए, र उनको शव अस्पतालमै राखिएको छ।
पोखरा । नेकपा एमालेको निर्वाचन समीक्षा बैठकमा आफ्ना भनाइ राखेर कुर्सीमा बस्ने बित्तिकै हृदयघातको सिकार भएका नेता कृष्ण थापालाई घटना भएको ९ मिनेटभित्रै अस्पताल लगिएको थियो । मन्तव्य सकेर साथीभाइसँग हात मिलाउने क्रममा एक्कासि ढलेका उनलाई सँगै रहेका नेता टिकाराम पङ्गेनी लगायतका नेताहरूले तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्याएका हुन् ।
रातोपाटीसँग कुरा गर्दै पङ्गेनीले भने, ‘दिउँसो २ बजेर ४१ देखि ४३ मिनेटको बीचमा एक्कासि ढल्नुभयो । २ बजेर ५२/५३ मिनेट जाँदा अस्पताल पुर्याइएको हो ।’ बैठकमा चुनावको समीक्षा भएको थियो । कास्की क्षेत्र नम्बर १ को समीक्षामा उनले पार्टीले व्यहोरेको क्षतिबारे आफूले पूरा जिम्मेवारी लिने बताएका थिए ।
उनलाई टिकट वितरण र चुनावमा भएको पराजयबारे प्रश्न उठाएका थिए । थापालाई कास्की २ को सुरुमा टिकट दिए पनि पछि आलोचना भएका कारण रश्मिलाई दिइएको थियो । त्यसपछि उनले आफूमाथि ठुलो षडयन्त्र भएको गुनासो गरिरहेका थिए । थापाको शव अस्पतालमै राखिएको छ ।
अस्पताल परिसरमा विभिन्न पार्टीका नेता कार्यकर्ता सहित पोखराका उच्चपदस्थ र उनका समर्थक तथा शुभेच्छुकहरू भेला भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण