उत्यकाका १० हजार विद्यार्थीबाट छानिएका पेन्टिङहरू प्रदर्शनीमा
काठमाडौँ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ६५ स्कुलका ५ सय ८५ विद्यार्थीहरूले बनाएका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा राखिएका छन् ।
उपत्यकाका ६५ वटा स्कुलका विद्यार्थीले बनाएका कोलाज आर्ट, पेन्टिङ, टोट् ब्याग (नेपाली उत्पादन) पेन्टिङ तथा हस्तकला प्रदर्शनीसँगै बिक्रीमा राखिएका छन् ।
विद्यार्थीहरूमा भएको कला र हस्तकला क्षमतालाई अभिवृद्धि गर्न पिडिलाइट् इन्डस्ट्रिज लिमिटेड नेपालले ‘फेबिक्रिल आर्ट ओलम्पियाड एक्जिबिसन २०२६’ को आयोजना गरेको हो । पहिलो चरणमा उपत्यकाका ६५ वटा स्कुलका १० हजार विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएको थियो । कक्षा ३ देखि ९ सम्म अध्ययनरत तिनै विद्यार्थीहरूबाट छनोट भएका ५ सय ८५ वटा पेन्टिङ तथा हस्तकला प्रर्दशनीमा राखिएको हो ।
‘विद्यार्थीहरूले आफूभित्रको रुचि स्वतन्त्र रुपले अभिव्यक्त गरून् र लुकेको कलालाई प्रस्फुटन गरुन् भन्ने उद्देश्य हो,’ पिडिलाइट् इन्डस्ट्रिज लिमिटेड नेपालका कला र स्टेसनरी विभागका बिज्नेश डेभल्पमेन्ट एक्ज्युकेटिभ (व्यापार विकास अधिकारी) सुनिल यादव भन्छन्, ‘स्कुलका विद्यार्थीहरूमा कला र हस्तकलाप्रति मोह बढाउनुका साथै सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरेका हौं ।’
मंगलबारदेखि सूरु भएको प्रदर्शनी शनिबारसम्म चल्नेछ । आयोजक पिडिलाइट् इन्डस्ट्रिज लिमिटेड नेपालले स्कुलका लागि आवश्यक कला र स्टेसनरी सामग्रीका साथै फेविकल एमआर, एक्रोन पोस्टर कलर, फेविक्रिल एक्रेलिक कलरजस्ता सामानहरू उत्पादन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण