बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
संगीत

अन्जु पन्तले गीतमार्फत भनिन्- ‘धन्यवाद शत्रु’

बिहीबार, २८ फागुन २०८२, १८ : २६
बिहीबार, २८ फागुन २०८२

सारांश

  • गायिका अन्जु पन्तले नयाँ गीत 'धन्यवाद शत्रु' सार्वजनिक गरेकी छिन्।
  • गीतमा उनले जीवनमा पाएका घृणा र चोटबाट आफू बलियो बनेको बताइन्।
  • गीतको भिडियो स्टुडियोमा खिचिएको छ, जसमा अर्जुन लोहार र सुनिता रसाइलीको छायांकन रहेको छ।

काठमाडौं । गायिका अन्जु पन्तले नयाँ गीत ‘धन्यवाद शत्रु’ ल्याएकी छिन् । अन्जुकै शब्द रहेको गीतमा बीबी अनुरागीको संगीत तथा एरेन्ज छ । 

गीतमार्फत उनले आफ्ना शत्रुहरूलाई धन्यवाद दिएकी छन् । आफूले जीवनमा अनेक घृणा र चोट सहनुपरेको र तिनै कुराले बलियो बनाउँदै आफू मान-सम्मान र सफलता पाउने ठाउँमा पुगेको भाव गीतमा प्रस्तुत छ । 

‘आज जे जति मान–सम्मान र सफलता पाएकी छु, त्यसको कारण मैले पाएका गाली र घृणाहरू नै हुन् । मन मुटु छेड्ने गरी आएका गाली र घृणाले मलाई सकारात्मक सोच्न सिकायो, अझै संघर्ष गर्न र बलियो बन्न सिकायो,’ अन्जुले भनिन्, ‘त्यसैले मेरो ह्रदयबाट यो धन्यवाद उहाँहरुलाई नै हो जसले शत्रु झैं व्यवहार गर्नुभयो । मेरो मनमा कसैप्रति पनि कुनै नकारात्मक भावना छैन, गुनासो पनि छैन ।‘ 

गीतको भिडियो स्टुडियोकै सेटिङमा खिचिएको छ । अर्जुन लोहार र सुनिता रसाइलीले खिचेको भिडियोलाई ताराकान्त विक र अर्जुन लोहारले सम्पादन गरेका छन् । गीत प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । 

अन्जु पन्त नेपाली सुगम संगीत र पार्श्व गायनकी सुप्रसिद्ध गायिका हुन् । हरेक जनराका गीत गाउन अब्बल उनका हिन्दी र उर्दू गीत समेत छन् । ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ गजल उनको सिग्नेचर गीत-गजल हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप