डब्ल्यूटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
सारांश
- नेपाल विश्व व्यापार संगठनको व्यापार तथा वातावरण समितिको अध्यक्षमा चयन भएको छ।
- जेनेभास्थित स्थायी नियोगका अनुसार फागुन २७ गतेको बैठकले नेपाललाई अध्यक्ष चयन गरेको हो।
- नेपालको यो भूमिकाले विश्व बजारमा व्यापार एकीकृत गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाल विश्व व्यापार संगठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ ।
संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
समिति डब्ल्युटीओ सदस्य राष्ट्रहरूबीच व्यापार नीतिहरूका कारण वातावरणमा पर्ने प्रभाव र पर्यावरण नीतिहरूले व्यापारमा पर्ने प्रभाव तथा जलवायुसम्बन्धी व्यापारका विषय सम्बोधन गर्ने मञ्च हो । अल्प विकसित राष्ट्रको सूचीबाट बाहिरिने क्रममा रहेको मुलुकका निम्ति प्राप्त यो भूमिका डब्ल्युटीओ सदस्यहरूसँग नजिकबाट सहकार्य गर्दै नेपालको व्यापारलाई विश्वव्यापी बजारमा एकीकृत गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले समितिमा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण