भारतीय स्वामित्वको टिममा आवद्ध हुने अबरार पहिलो पाकिस्तानी खेलाडी, द हन्ड्रेडमा ऐतिहासिक सम्झौता
सारांश
- सनराइजर्स लिड्सले पाकिस्तानी स्पिनर अबरार अहमदलाई बेलायतको 'द हन्ड्रेड' लिगका लागि अनुबन्ध गरेको छ।
- सन् २००९ यता पहिलो पटक भारतीय फ्रेन्चाइजीले पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेको हो, राजनीतिक तनावका कारण यस्तो भएको थिएन।
- क्रिकेट र राजनीतिबीचको टकरावका कारण बंगलादेश र पाकिस्तानले विश्वकप खेल्न अस्वीकार गरेका थिए।
लण्डन । भारतीय कम्पनीको लगानी रहेको सनराइजर्स लिड्सले बेलायतको ‘द हन्ड्रेड’ लिगका लागि पाकिस्तानी मिस्ट्री स्पिनर अबरार अहमदलाई अनुबन्ध गरेको छ। बिहीबार भएको लिलामीमा सनराइजर्सकी सीईओ काव्या मारनले अबरारलाई १ लाख ९० हजार पाउण्डमा खरिद गरेकी हुन्। योसँगै अबरार भारतीय स्वामित्वको फ्रेन्चाइजीसँग जोडिने सन् २००९ पछिकै पहिलो पाकिस्तानी खेलाडी बनेका छन्।
भारत र पाकिस्तानबिचको राजनीतिक तनावका कारण सन् २००९ देखि कुनै पनि आईपीएल फ्रेन्चाइजीले पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेका छैनन्। सन ग्रुपले गत वर्ष मात्रै नर्दन सुपरचार्जर्सको स्वामित्व किनेर नाम परिवर्तन गरी सनराइजर्स लिड्स राखेको हो।
यसअघि यो ग्रुपको स्वामित्वमा रहेका आईपीएलको सनराइजर्स हैदरावाद र दक्षिण अफ्रिकाको सनराइजर्स इस्टर्न केपमा कुनै पनि पाकिस्तानी खेलाडी छैनन्। अबरारसँगै अर्का पाकिस्तानी स्पिनर उस्मान तारिकलाई पनि बर्मिंघम फिनिक्सले करिब २ करोड २८ लाख नेपाली रुपैयाँमा खरिद गरेको छ।
पछिल्लो समय क्रिकेट र राजनीतिबीचको टकरावले खेल क्षेत्रमा निकै उथलपुथल ल्याएको छ। बंगलादेशमा हिन्दुहरूको हत्या भएको विरोधमा भारतमा चर्को आलोचना भएपछि कोलकाता नाइट राइडर्सले बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई रिलिज गरेको थियो।
यसबाट रुष्ट बनेको बंगलादेश सरकारले आफ्नो देशमा आईपीएल प्रसारणमा रोक लगाउनुका साथै भारतमा हुने टी–२० विश्वकप खेल्न समेत अस्वीकार गरेको थियो। जसका कारण आईसीसीले बंगलादेशलाई विश्वकपबाटै बाहिर निकालेर स्कटल्याण्डलाई समावेश गरेको छ।
यसैगरी, पाकिस्तानले पनि सुरुमा भारतसँगको विश्वकप खेल बहिस्कार गर्ने धम्की दिएको थियो। तर, श्रीलंकाका राष्ट्रपतिको पहलपछि फेब्रुअरी १५ मा कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण