सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
- सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ।
- छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो।
महासंघले तोकेको नयाँ मूल्यअनुसार आज बजारमा छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य पनि घटेर आज २ लाख ६९ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो प्रति १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँ रहेको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ४ सय ९५ रुपैयाँमा झरेको छ।
यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य हिजोको ४ हजार ७ सय २८ रुपैयाँबाट घटेर आज ४ हजार ७ सय ११ रुपैयाँ तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण