उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई आयोगको निर्देशन
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले ग्याँस र पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ।
- मध्यपूर्वको तनावका कारण काठमाडौं उपत्यकामा एलपीजी ग्याँसको अभाव भएकोमा आयोगको ध्यानाकर्षण भएको छ।
- आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन, कृत्रिम अभाव रोक्न र उपभोक्ता अधिकारको संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ग्याँस लगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ । शुक्रबार आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सरकारलाई निर्देशन दिइएको छ ।
मध्यपूर्वमा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावको कारण बिगत केही समयदेखि काठमाडौं उपत्यकामा एलपीजी ग्याँसको अभाव भई उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित एवम् प्रसारित विभिन्न समाचारहरूप्रति ध्यानाकर्षण भएको उनले बताए ।
यसै सन्दर्भमा आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेड लगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरु समेतको अनुगमन तथा अवलोकन गरेको छ ।
विज्ञप्तिमा भनिएको छ‘अनुगमन तथा अवलोकनबाट नेपाल पेट्रोलियम पदार्थको आपूर्तिका लागि मुख्यतः आयातमा निर्भर रहेको, यसका लागि आयात हुनुपर्ने कच्चा पदार्थहरुसाविक बमोजिम नियमित रुपमा नै आपूर्ति भइरहेको, केही ग्याँस कम्पनीहरूको ढुवानी व्यवस्थापनका कारण आपूर्तिमा केही कमी भएपनि विभिन्न सञ्चार माध्यममहरूमा ग्याँसको समग्र आपूर्ति व्यवस्थापनमा नै समस्या भएको भन्ने सन्देश प्रवाह हुँदा उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गर्ने प्रवृत्ति बढेको र कतिपय व्यावसायीबाट कृत्रिम अभाव सिर्जना गर्ने गरेको लगायतका तथ्यहरु प्राप्त भएको छ ।’
पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न, कृत्रिम अभाव पैदा गरेको पाइएमा कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृतिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण