कांग्रेस र एमालेले निर्वाचन परिणामबारे पार्टीभित्र गम्भीर समीक्षा गर्ने
सारांश
- कांग्रेस र एमालेका नेताहरूले निर्वाचनको नतिजाबारे पार्टीभित्र गम्भीर समीक्षा गर्ने बताए।
- निर्वाचनको नतिजा अनपेक्षित आएको भन्दै नेतृत्वप्रति प्रश्न उठाउनु उचित नभएको उनीहरूको भनाइ छ।
- नेताहरूले सरकारलाई रचनात्मक सहयोग गर्ने र आगामी दिनमा पार्टीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले निर्वाचनको परिणामका विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले प्रतिनिधिसभा निर्वाचनको परिणाम अनपेक्षित आएको भन्दै पार्टी भित्र गम्भीर समीक्षा हुने बताएका हुन् । निर्वाचनको परिणामलाई लिएर अहिले नै पार्टी नेतृत्वप्रति प्रश्न उठाउनु उचित नभएको उनीहरूको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले जनताले लिएको मतलाई पार्टीले स्वीकार गर्ने र निर्वाचनका विषयमा पार्टीभित्र गम्भीर छलफल हुने बताइन् ।
उनले निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी सभापति गगन थापाको केन्द्रीय समितिले लिने तर सभापतिको राजीनामा अहिलेको विकल्प नभएको उल्लेख गरिन् ।
संग्रौलाले अब बन्ने सरकारलाई पार्टीका तर्फबाट रचनात्मक सहयोग हुने धारणा राखिन् ।
त्यस्तै नेकपा एमालेका नेता शेर बहादुर तामाङले निर्वाचनको परिणामलाई लिएर नेतृत्वलाई मात्रै दोष दिएर कोही उम्कने ठाउँ नरहेको बताए । निर्वाचनका विषयमा पार्टीभित्र गम्भीर छलफल हुने र आगामी दिनमा बलियो शक्तिको रूपमा अघि बढाउन कमीकमजोरी सुधार गर्दै अघि बढ्ने उनले बताए ।
तामाङले जेनजी आन्दोलनमा भएका घटनाको जाँचबुझ आयोगको प्रतिवेदनप्रति छेडखानी गरिएको आशंका व्यक्त गर्दै प्रतिशोध साध्ने काम भएको भए स्वीकार्य नहुने बताए । उनले भ्रष्टाचारको सबै प्रकरणको छानबिन गर्नुपर्ने भन्दै एमालेका नेताहरू भ्रष्टाचार ठहरिए त्यस्ता नेताहरूलाई पार्टीले बोकेर नहिँड्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण