इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता
काेलम्बाे । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका ८४ इरानी नाविकका अवशेष शुक्रबार इरानतर्फ पठाउने प्रक्रिया सुरु गरेको जनाएको छ । नौ दिनअघि भएको उक्त घटनामा इरानको युद्धपोत डुबेका कारण ठूलो जनधन क्षति भएको थियो ।
श्रीलङ्काली अधिकारीहरूका अनुसार मार्च ४ मा श्रीलङ्काको समुद्री क्षेत्रमा रहेको इरानी फ्रिगेट ‘आइआरआइएस डेना’ माथि टारपीडो प्रहार हुँदा ती नाविकहरूको मृत्यु भएको थियो । उक्त घटनाले मध्यपूर्वमा जारी युद्धको प्रभाव हिन्द महासागरसम्म फैलिएको सङ्केत दिएको छ ।
सरकारी प्रवक्ता तुषारा रोड्रिगोले सबै आवश्यक घरेलु प्रक्रिया पूरा भइसकेको र इरानी पक्षले शव स्वदेश लैजान चार्टर्ड विमान पठाउने तयारी गरेको जानकारी दिए । उनका अनुसार श्रीलङ्काली नौसेनाले उद्धार गरेका ३२ जना इरानी नाविक भने हाल श्रीलङ्कामै रहनेछन् ।
अधिकारीहरूका अनुसार मृतक नाविकका अवशेष सिल गरिएको बाकसमा राखेर देशको दक्षिणमा रहेको मत्तला अन्तर्राष्ट्रिय विमानस्थलबाट इरान पठाइने व्यवस्था गरिएको छ । शुक्रबार दिउँसोसम्म ४६ शवको पहिलो खेप विमानस्थलमा इरानी चार्टर्ड कार्गो विमानको प्रतीक्षामा राखिएको एक अधिकारीले बताए ।
हिन्द महासागरबाट निकालिएका शवहरूलाई सुरुमा राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर दक्षिणमा रहेको गालेस्थित कारापिटिया अस्पतालमा लगिएको थियो । त्यहाँ शवपरीक्षण सम्पन्न गरिएपछि स्थानीय मजिस्ट्रेटले ती अवशेष कोलम्बोस्थित इरानी दूतावासलाई हस्तान्तरण गरेर मृतकका परिवारसम्म पठाउने आदेश दिएका थिए ।
यस विषयमा प्रतिक्रिया लिन एएफपीले सम्पर्क गर्दा कोलम्बोस्थित इरानी दूतावासबाट तत्काल कुनै टिप्पणी आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण