बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

समानुपातिक सांसदको नाम टुङ्गो लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

शनिबार, ३० फागुन २०८२, १२ : १४
शनिबार, ३० फागुन २०८२

सारांश

  • नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउन बैठक बोलाएको छ।
  • पार्टीको केन्द्रीय कार्यालयमा आइतबार दिउँसो १ बजे बैठक बस्ने भएको छ।
  • बैठकमा समानुपातिक सांसद छनोट र निर्वाचन आयोगमा नाम पठाउने विषयमा छलफल हुनेछ।

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आगामी आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिएको हो। बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

यस बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुनेछ। 

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ। 

651003770_1498323971655185_6725065813660147925_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप