इनिशा विक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
शनिबार, ३० फागुन २०८२, १४ : ४४
सारांश
- इनिशा विक हत्याका दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरे।
- युवाहरूले बलात्कारलाई फाँसी दिने कानुन बनाउनुपर्ने माग गरेका थिए।
- सुर्खेतमा मृत फेला परेकी विकको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि मृत्यु भएको पुष्टि भएको छ।
काठमाडौँ । इनिशा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । इनिशा विक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग गरेका छन् ।
त्यस्तै, महिला तथा दलितमाथिको हिंसा अन्त्य गर, पीडितलाई न्याय दे लगायतका नाराबाजी गरेका थिए । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण