अफगानिस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी
इस्लामवाद । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक लक्ष्यहरू विरुद्ध ड्रोन प्रक्षेपण गरेर “रेड लाइन” पार गरेको शनिबार बताएका छन् ।
सेनाले तत्काल प्रतिक्राया जनाएका कारण उनीहरु इस्लामाबाद नजिकै रावलपिन्डी स्थित मुख्यालयसहित उनीहरूको लक्ष्यमा पुग्न नसकेको बताइएको छ । तालिबान अधिकारीहरूसँग वायु सेनाको अभाव भएता पनि स्थानीय रूपमा उत्पादित ड्रोनहरू प्रयोग गरि आक्रमण गरेको विज्ञहरूले पुष्टि गरेका छन् ।
पाकिस्तानी सेनाले खसालेको ड्रोनको भग्नावशेषले दक्षिणपश्चिम क्वेट्टामा दुई बालबालिका र उत्तरपश्चिममा पेशावरको कोहाट र रावलपिन्डीमा एक–एक जना सर्वसाधारण घाइते भएको बताएको छ । सुरक्षा स्रोतहरूले ड्रोनहरू पत्ता लागाएपछि सावधानीका लागि राजधानी वरपरको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको जनाएका छन् ।
यसअघि आक्रमणबाट अफगानिस्तानको राजधानी काबुलमा चार जना र सीमावर्ती प्रान्तहरूमा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । सामाजिक सञ्जाल एक्स मार्फत जरदारीको कार्यालयले अफगान तालिबानले रेड लाइन पार गरी पाकिस्तानी नागरिक क्षेत्रमा गरेको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ ।
पाकिस्तानमा आक्रमणपछि इस्लामवादी चरमपन्थीहरूलाई लक्षित गर्दै इस्लामावादले गत महिना अफगानिस्तान विरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । तालिबान सरकारले आतङ्कवादका लागि अफगान क्षेत्रको प्रयोग भएको कुरा अस्वीकार गरेको छ भने पाकिस्तानले सर्वसाधारणलाई लक्षित नगर्ने कुरामा जोड दिएको छ ।
पछिल्लो समयमा सीमामा बारम्बार झडपहरू हुँदा व्यापारमा दुई देश विचको व्यापारमा बाधा पुर्याएको छ भने सिमा क्षेत्रका बासिन्दाहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) ले शुक्रबार फेब्रुअरी २६ देखि अफगानिस्तानमा भएको झडपमा कम्तीमा ७५ जना सर्वसाधारणको मृत्यु हुनुका साथै १९३ जना घाइते भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण