हर्मुज जलडमरूमा अमेरिकी युद्धपोत पठाउने ट्रम्पको योजना अत्यन्तै खतरनाक
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको हर्मुज जलडमरु क्षेत्रमा युद्धपोत पठाउने योजना खतरनाक हुनसक्ने विश्लेषकको चेतावनी छ।
- इरानले जलडमरुमा अवरोध सिर्जना गरेको र विश्व ऊर्जा बजारमा सङ्कट आएकोले सुरक्षाको लागि पहल थालिएको हो।
- ट्रम्पले अन्य देशहरूलाई पनि युद्धपोत पठाउन आग्रह गरेका छन्, तर औपचारिक पुष्टि भएको छैन।
वासिङ्टन डीसी । हर्मुज जलडमरु क्षेत्रमा तेल ट्यांकरलाई सुरक्षा दिन अमेरिकी युद्धपोत पठाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अत्यन्तै खतरनाक हुनसक्ने एक जना विश्लेषकले चेतावनी दिएका छन् ।
अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै रक्षा तथा विदेश नीति विशेषज्ञ रोजमेरी केलानिकले यस्तो कदमले तनाव थप बढाउन सक्ने चेतावनी दिएकी हुन् । उनका अनुसार उक्त जलडमरूमा युद्धपोत पठाएर तेल ट्याङ्करको सुरक्षा गर्ने योजना अत्यन्त जोखिमपूर्ण मिसन हुनसक्छ ।
हाल इरानले उक्त साँघुरो समुद्री मार्गमा प्रभावकारी रूपमा अवरोध सिर्जना गरेको बताइएको छ । यही मार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल ओसारपसार हुने भएकाले त्यसमा अवरोध आएपछि विश्व ऊर्जा बजारमा सङ्कटको अवस्था उत्पन्न भएको छ । यस्तो अवस्थामा सुरक्षित आवागमन सुनिश्चित गर्न ट्रम्प प्रशासनले अमेरिकी नौसेनाका जहाज पठाउने विकल्पबारे विचार गरिरहेको जनाइएको छ ।
शनिबार ट्रम्पले अन्य देशहरू पनि अमेरिकासँग मिलेर उक्त क्षेत्रमा युद्धपोत पठाउने तयारीमा रहेको दाबी गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलगायत देशहरूले जहाज पठाउने अपेक्षा व्यक्त गरेका थिए ।
तर ती देशहरूले औपचारिक रूपमा त्यस्तो निर्णय गरेको पुष्टि भएको छैन । विश्लेषक केलानिकका अनुसार हर्मुज जलडमरूको उत्तरतर्फको भूभागमा रहेको इरानको भौगोलिक स्थिति रणनीतिक रूपमा बलियो भएकाले त्यहाँबाट ड्रोन, मिसाइललगायत विभिन्न प्रकारका आक्रमण गर्न सजिलो हुन्छ ।
जलडमरू निकै साँघुरो भएकाले जहाजहरूलाई आक्रमणबाट जोगाउनका लागि समय नहुन सक्ने उनले चेतावनी दिएकी छन् । यसबिच युद्ध सुरु भएयता पर्सियन खाडी, हर्मुज जलडमरू तथा ओमानको खाडी वरिपरि कम्तीमा १७ वटा जहाजमाथि आक्रमण भइसकेको छ । यस्तो अवस्थामा समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायमाथि दबाब बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण