इरानी महिला फुटबल टोलीकी कप्तानले फिर्ता लिइन् अस्ट्रेलियाको शरण
सारांश
- इरानी महिला फुटबल टोलीकी कप्तान जहरा गान्बरीले अस्ट्रेलियामा शरणको माग फिर्ता लिइन्।
- शरण फिर्ता लिने गान्बरी पाँचौँ सदस्य हुन्, र उनी मलेसियाबाट इरान फर्किने तयारीमा छिन्।
- मानव अधिकारकर्मीहरूले खेलाडीहरूमाथि परिवारलाई दबाब दिएको आरोप लगाएका छन्।
तेहरान । इरानी महिला फुटबल टोलीकी कप्तान जहरा गान्बरीले अस्ट्रेलियामा शरणको माग फिर्ता लिएकी छिन् । इरानको सरकारी सञ्चारमाध्यमले आइतबार यो खबर छापेको भन्दै बीबीसीले समाचार छापेको हो ।
अस्ट्रेलियामा शरण फिर्ता लिने टोलीकी गान्बरी पाँचौँ सदस्य हुन् । आईआरएनएको रिपोर्ट अनुसार गान्बरी मलेसियाबाट इरान फर्कने तयारीमा छिन् । अस्ट्रेलियाली अधिकारीहरूले पनि अर्को सदस्यले आफ्नो शरण आवेदन फिर्ता लिएको पुष्टि गरेका छन् । तर व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन ।
इरानी महिला फुटबल टोलीका सदस्यहरूले सुरुमा अस्ट्रेलियामा शरण लिएका थिए । एसियन कपको उद्घाटन खेलमा राष्ट्रिय गानको समयमा मौन रहेपछि स्वदेश फर्किदा ज्यान धरापमा पर्ने भन्दै टोलीका सदस्यले अस्ट्रेलियामा शरण मागेका थिए ।
सुरुमा अस्ट्रेलियाले मानवतावादी भिसा प्रस्ताव गर्दा ७ जनामध्ये ५ जना महिलाहरूले अस्वीकार गरेको खबर आएको थियो । सो फिर्ता प्रक्रियापछि अब दुई खेलाडी मात्रै अस्ट्रेलियामा रहनेछन् ।
मानव अधिकारकर्मीहरूले भने महिलाहरूको निर्णयमा परिवारमाथि गरिएको दबाब महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । इरानको फुटबल सङ्घले इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स (आईआरजीसी) सँग मिलेर खेलाडीहरूको परिवारमाथि गहन र व्यवस्थित दबाब राखेको सूचना प्राप्त भएको निर्वासित इरानी पूर्व राष्ट्रिय फुटसल खेलाडी शिवा आमिनीले बताइन् ।
उनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखिन्, ‘केही खेलाडीहरूले परिवारमाथि धम्की असह्य बन्दै गएकाले फर्किनुपरेको हो ।’ इरानी सञ्चारमाध्यमले गान्बरीको निर्णयलाई राष्ट्रप्रेमपूर्ण र देशप्रति प्रतिबद्धता भएको भन्दै स्वागत गरेका छन् ।
मेह्र न्यूज एजेन्सीले यसलाई राष्ट्रिय जिम्मेवारीको निर्णय भनेको छ । शनिबार पनि तीन अन्य खेलाडीहरूले शरणको माग फिर्ता लिएका थिए । मानवअधिकारकर्मीहरूले उनीहरूको नाम जाहरा सोल्तान मेश्केहकर, मोना हमौदी र जाहरा सरबली बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण