रास्वपा सांसदकाे अभिमुखीकरण कार्यक्रममा ‘मोबाइल निषेध’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम चैत्र ३ र ४ गते गर्दैछ।
- कार्यक्रम होटल रोयल टुलिपमा हुनेछ, जसमा सांसदहरूको उपस्थिति अनिवार्य रहनेछ।
- कार्यक्रममा मोबाइल प्रयोग निषेध गरिएको छ र अन्य पाहुनालाई ल्याउन पाइने छैन।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई लक्षित गर्दै यही चैत्र ३ र ४ गते कार्यक्रम तय गरिएको हो।
पार्टीद्वारा जारी सूचनाअनुसार अभिमुखीकरण कार्यक्रम बिहान १० बजे बाट सुरु हुनेछ। कार्यक्रम होटल रोयल टुलिप मा सञ्चालन हुने बताइएको छ।
महामन्त्री कविन्द्र बुर्लाकाेटीद्वारा हस्ताक्षरित सूचना अनुसार कार्यक्रम आवासीय हुने र सांसदहरूको खाना तथा आवासको व्यवस्था पार्टीले नै गर्ने जनाइएको छ।
यस्तै कार्यक्रम अवधिभर हलभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको महामन्त्री बुर्लाकाेटीले बताए । साथै कार्यक्रम स्थलमा परिवार सदस्य, साथी वा अन्य पाहुनालाई ल्याउन नपाइने स्पष्ट निर्देशन दिइएको छ।
पार्टीले कार्यक्रम स्थलमा सांसदहरूले परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न समेत निर्देशन दिएको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण