रास्वपाका सांसदलाई अभिमुखीकरण : रवि र बालेनप्रतिको भरोसालाई इतिहास बनाउने अवसर
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरूका लागि ललितपुरमा विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
- अभिमुखीकरणमा भ्रष्टाचार अन्त्य गर्दै हरेक नेपालीलाई सरकारको अनुभूति गराउने गरी काम गर्न सांसदहरूलाई निर्देशन दिइएको छ।
- सांसदहरूले कानुन निर्माण प्रक्रिया, योजना तथा बजेट निर्माण, सुशासन र राजनीतिक संस्कारका विषयमा छलफल गरिरहेका छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि मंगलबारदेखि ललितपुरमा विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
गत फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेर ठूलो शक्तिका रूपमा उदाएको रास्वपाले संसदीय अभ्यास र पार्टीको आगामी कार्यदिशाबारे नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षित गराउन थालेको हो। दुई दिनसम्म चल्ने यस कार्यक्रममा संसदीय प्रणाली, नीति निर्माण, संसद्को कार्यप्रणाली र जनप्रतिनिधिको जिम्मेवारीका विषयमा विज्ञहरूले प्रशिक्षण दिइरहेका छन्।
अभिमुखीकरण सत्रलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति डीपी अर्यालले निर्वाचनमा पार्टीले जित हासिल गरे पनि देश र जनताले जित्न अझै बाँकी रहेको धारणा राखे। उनले भ्रष्टाचार अन्त्य गर्दै हरेक नेपालीलाई 'मेरो लागि सरकार छ' भन्ने महसुस गराउने गरी काम गर्न सांसदहरूलाई निर्देशन दिए।
अर्यालले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रति जनताले राखेको आशा, भरोसा र विश्वासकै कारण यो ठूलो सफलता प्राप्त भएको उल्लेख गर्दै इतिहास लेख्ने यो अवसरलाई राष्ट्रका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए।

अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले प्राप्त जनमतको सम्मान गर्दै जनप्रतिनिधिहरू थप सचेत र क्रियाशील हुनुपर्ने बताए। उनले सांसदहरूको मुख्य काम कानुन निर्माण भएको स्मरण गराउँदै आफ्नै नेतृत्वमा सरकार बन्दा पनि सरकारका कामको समीक्षा, अनुगमन र निगरानी गर्ने भूमिकाबाट पछि हट्न नहुने स्पष्ट पारे।
पदको गरिमालाई न्याय गर्न सबैले व्यक्तिगत र सामूहिक रूपमा थप मिहिनेत गर्नुपर्ने वाग्लेको भनाइ थियो। प्रशिक्षणमा सांसदहरूलाई कानुन निर्माण प्रक्रिया, योजना तथा बजेट निर्माण, सुशासन र राजनीतिक संस्कारका विषयमा गहन जानकारी दिइएको छ।
अत्यन्तै अनुशासित र व्यवस्थित बनाइएको यस अभिमुखीकरण कार्यक्रममा सांसदहरूले देशको वर्तमान अवस्था र पार्टीले जनतामाझ गरेका प्रतिबद्धताहरूलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल गरिरहेका छन्।
पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने यो कार्यक्रम बुधबार समापन हुनेछ। रास्वपाले यसपटकको संसद्मा आफ्नो बलियो उपस्थितिमार्फत नयाँ राजनीतिक संस्कारको विकास गर्ने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण