अस्पतालमा ४०० भन्दा बढीको मृत्यु भएको अफगानिस्तानी दाबी पाकिस्तानद्वारा अस्वीकार
इस्लामाबाद । काबुलस्थित अस्पतालमा गरेको हवाई आक्रमणमा ४०० भन्दा बढी मानिस मारिएको भनेर अफगानिस्तानले गरेको दाबीलाई भ्रामक र असत्य भन्दै पाकिस्तानले अस्वीकार गरेको छ ।
अफगान तालिबान सरकारका प्रवक्ताले मंगलबार दिएको जानकारी अनुसार काबुलको एक लागू औषध दूव्यर्सन पुनर्स्थापना अस्पतालमा भएको आक्रमणमा ४०० भन्दा बढीको मृत्यु र २५० जना घाइते भएको दाबी गरिएको थियो । तर पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै आफ्नो आक्रमण सैन्य लक्ष्यमै केन्द्रित रहेको जनाएको छ ।
पाकिस्तानका सूचना मन्त्री अताउल्ला तरारले सामाजिक सञ्जालमार्फत भने, ‘हामीले सटीक रूपमा सैन्य संरचना र आतंकवादी सहयोग पूर्वाधारलाई मात्र निशाना बनाएका हौं ।’ आक्रमणपछि देखिएका विस्फोटहरूले त्यहाँ ठुलो मात्रामा हतियार भण्डारण गरिएको संकेत दिएको पनि उनले बताए । दुवै छिमेकी देशबिच गत महिना सुरु भएको द्वन्द्व पछिल्लो समय निकै चर्किएको छ । करिब २ हजार ६०० किलोमिटर लामो साझा सीमा भएका यी दुई देशबिचको यो हालसम्मकै गम्भीर तनावपूर्ण अवस्था मानिएको छ ।
यसअघि केही मित्र राष्ट्रहरूले मध्यस्थता गर्दै स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए । विशेषगरी चीनले दुवै पक्षलाई संयमता अपनाउन र वार्तामा फर्किन आग्रह गरेको थियो । चीनले अझै पनि तनाव कम गर्न सहयोग गर्न तयार रहेको जनाएको छ । तर विशेषगरी रमजान महिनाको अन्त्यमा मनाइने एल अल–फित्र नजिकिँदै गर्दा भएको पछिल्लो हवाई आक्रमणले परिस्थिति फेरि जटिल बनाएको छ ।
इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमण र त्यसपछि विकसित घटनाक्रमका कारण पश्चिम एसिया अस्थिर बनेको समयमा पाकिस्तान र अफगानिस्तान द्वन्द्वमा फसेका छन् । विश्लेषकहरूका अनुसार दक्षिण र पश्चिम एसिया दुवैतिर बढ्दो तनावले क्षेत्रीय सुरक्षा मात्र होइन, अन्तर्राष्ट्रिय स्थिरतामा समेत गम्भीर प्रभाव पार्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण